नेपाल इजरायल डट कम

Israel, Russia,International, National,Diaspora,Hamas,NRN

कार्टून

Cartoon, War

युद्धमा नेपाली

Russia, Article, Blog

VIDEO

Video

मलाला युसुफजाईले गाजाका जनतालाई आफ्नो समर्थनबारे किन सफाइ दिनुपर्यो ?

 


काठमाडौं । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले हिलारी क्लिन्टनसँग एक सांगीतिक थिएटर कार्यक्रमको लागि साझेदारी गरेको कारण आलोचना खेप्नु परेपछि इजरायलको निन्दा गर्दै गाजाको लागि आफ्नो समर्थन दोहोर्याएकी छिन् ।

वास्तवमा, पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसँगको एक कार्यक्रममा भाग लिएकोमा मलाला युसुफजाईको आफ्नो देश पाकिस्तानमा निकै आलोचना भइरहेको थियो। हिलारी क्लिन्टन हमास विरुद्ध इजरायलको युद्धको खुला समर्थक हुन्।

कन्सर्टको शीर्षक ‘सफ्स’ थियो, जसले २० औं शताब्दीमा अमेरिकी महिलाहरूको मताधिकारको आन्दोलनलाई चित्रण गर्छ। गत सातादेखि अमेरिकाको न्युयोर्कमा प्रदर्शन हुँदैछ । आलोचना पछि मलाला युसुफजाईले एक्समा एक बयान जारी गरेकी छिन् ।

उनले भनिन्: “गाजाका जनताको लागि मेरो समर्थनको बारेमा कुनै भ्रम नहोस् भन्ने म चाहन्छु। यो बुझ्नका लागि युद्धविराम तत्काल आवश्यक छ । हामीले थप शवहरू, बमबारीमा परेका विद्यालय र भोकाएका बालबालिकाहरू देख्नु छैन।”

“मैले इजरायली सरकारलाई अन्तर्राष्ट्रिय कानून उल्लङ्घन र युद्ध अपराध गरेकोमा निन्दा गरेको छु र जारी राख्छु,” उनले भनिन्।

एक प्रख्यात पाकिस्तानी पत्रकार मेहर तरारले लेखेकी छिन्, ‘प्यालेस्टाइनीको नरसंहारलाई समर्थन गर्दै आएकी हिलारी क्लिन्टनसँग मिलेर युसुफजाईले थिएटर गर्नु एक मानवअधिकार कार्यकर्ताको रूपमा उनको विश्वसनीयताको लागि ठूलो धक्का हो । मलाई यो अत्यन्तै दु:खद लाग्छ।’

पाकिस्तानी लेखिका निदा किरमानीले युसुफजाईको क्लिन्टनसँग साझेदारी गर्ने निर्णय दिमागलाई चकित पार्ने मात्र नभएर हृदयविदारक पनि भएको बताइन्। उनले यसलाई निकै निराशाजनक भनेकी छन् ।

हमासले गर्‍यो इजरायली बन्धकको नयाँ भिडियो सार्वजनिक, भिडियोमा प्रधानमन्त्रीलाई गाली गरेको सुन्न सकिन्छ (video)

गाजा । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।

भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् ।
उनले आक्रोशित हुँदै भिडियोमा आफ्नो देशको प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहूलाई गाली गरेको सुन्न सकिन्छ । उनले बन्धकहरूको दयनीय स्थितिको वर्णन गर्दै  खाना, पानी र औषधोपचारको अभावमा जमिन मुनी अँध्यारोमा छ महिना देखि तड्पिएका आफूहरूको उद्धारमा बेवास्ता गरेको आरोप लगाएका छन् । 
भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्, “त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासी आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफुलाई चोटका कारण जीवन र मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको भेटेँ । यद्यपि भिडियोको प्रामाणिकता र समय एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

यो भिडियो हमासको आधिकारिक टेलिग्राम अकाउन्टमा पोस्ट गरिएको हो । गत अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब २५० व्यक्तिमध्ये १२९ जना गाजामै रहेको इजरायली सेनाको अनुमान छ । उनले आक्रोशित हुँदै भिडियोमा आफ्नो देशको प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहूलाई गाली गरेको सुन्न सकिन्छ । उनले बन्धकहरूको दयनीय स्थितिको वर्णन गर्दै  खाना, पानी र औषधोपचारको अभावमा जमिन मुनी अँध्यारोमा छ महिना देखि तड्पिएका आफूहरूको उद्धारमा बेवास्ता गरेको आरोप लगाएका छन् । 
इजरायली सरकारलाई उनले हजारौँ निर्दोष सैनिक र लडाकुको हताहत हुने गरी युद्धमा होमिएको र उल्टो आफूहरूको जीवन रक्षा धरापमा परेको जनाएका छन् ।



उनले भक्कानिँदै बुबा आमाको नाम लिएर उहाँहरूलाई धेरै सम्झिएको बताएका छन् . उनले आफू जहाँ रहे पनि यसपालिको ठुलो चाड राम्रो सँग मनाउन र प्रार्थना गर्न अनुरोध गरेका छन्  । हमासको दबाबमा उनले यस्तो ब्यहोराको बयान दिएको अनुमान गर्न सकिन्छ  ।






यो पनि पढ्नुहोस 

के गाजाको शिफा अस्पतालको भिडियो फुटेजमा देखिएका व्यक्ति विपिन जोशी नै हुन त ?

इजरायली आर्मीले गाजाको शिफा अस्पतालको भिडियो फुटेज सार्वजनिक गर्दै हमासले बन्धक बनाएका नेपालका विपिन जोशी र एक थाइ नागरिक देखिएको बताएका छन । भिडियोमा नेपाली नागरिक भनिएका व्यक्ति हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी नै हुन या अरु नै कोही हुन त ? 

इरानले कब्जा गर्यो इजरायलको जहाज, १७ भारतीय बन्धक

 


इरानको रिभोलुसनरी गार्ड्सले इजरायलको एउटा कन्टेनर जहाज कब्जामा लिएको छ ।

इरानले जहाज कब्जा गरेको घोषणा गरेपछि इजरायली सेनाले यसको परिणाम इरानले भोग्नुपर्ने चेतावनी दिएको छ । इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैबाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन् ।

सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ ।

इन्डियन एक्सप्रेसका अनुसार पोर्चुगिज झण्डाको कार्गो जहाज एमएससी एरीजमा २५ चालक दलका सदस्यमध्ये १७ जना भारतीय रहेका छन् । समाचार अनुसार भारतीय नागरिकको सुरक्षा र चाँडो रिहाइ सुनिश्चित गर्न भारत इरानी अधिकारीहरूसँग सम्पर्कमा रहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आक्रमण भएको देख्न सकिन्छ । बोर्डमा चालक दलका सदस्यले भनेको सुन्न सकिन्छ ‘बाहिर नआउ’ । जहाज कब्जामा लिइएको हेलिकप्टर इरानको अर्धसैनिक रिभोलुसनरी गार्डको थियो । सो कार्गो जहाजमा इजरायली व्यापारी इअल अफरको पनि स्वामित्वमा रहेको जनाइएको छ ।

इरानको आक्रमणपछि इजरायली मन्त्रीले भने- सही समयमा मूल्य चुक्ता गर्नेछौं


 काठमाडौं । इरानको आक्रमणको जवाफ दिँदै इजरायलले इरानलाई उचित समयमा ‘मूल्य चुक्ता गर्ने’ बताएको छ।

इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले मन्त्रिपरिषद् बैठक सुरु हुनु अघि भनेका छन् – हामी क्षेत्रीय स्तरमा गठबन्धन बनाउनेछौं र उपयुक्त समयमा इरानबाट यस आक्रमणको मूल्य चुक्ता गर्नेछौं ।

गान्ट्जले आफूले जर्मन विदेश मन्त्री एन्नालिना बारबकसँग कुरा गरेको र विश्वव्यापी स्तरमा एकताको बारेमा कुरा गरेको बताए ।

इजरायली सेनाले आइतवार भनेअनुसार इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको छ।

अप्रिल १ मा, सिरियामा इरानको वाणिज्य दूतावासमा आक्रमण भएको थियो, जसमा धेरै रिभोलुसनरी गार्डका अधिकारीहरू मारिएका थिए। इरानले यसका लागि इजरायललाई जिम्मेवार ठहर गर्दै बदला लिने कुरा गरेको थियो।

इजरायलको दादागिरीलाई ठेगान लगाउछु - इरान , छोएर मात्र देखा- इजरायल

काठमाडौं । इरानले इजरायलको दादागिरीलाई ठेगान लगाउने बताएको छ ।


इदको अवसरमा टेलिभिजन सम्वोधनका क्रममा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इजरायली दुष्ट शासनलाई गरिने बताए । सिरियास्थित इरानी वाणिज्य दूतावासमा इजरायलले हवाई हमला गरेपछि इरान रुष्ट भएको छ ।


रमजान अन्त्यको उत्सव मनाउने प्रार्थना समारोहमा खमेनीले हवाई हमला ‘गलत’ थियो भन्दै सिरियामा गरिएको भएपनि त्यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताए ।


खमेनीले सिरियास्थित इरानी वाणिज्य दूतावास क्षेत्रमा इजरायलले हमला गर्दा आफ्नै क्षेत्रमा हमला गरेको जस्तो भएको भन्दै  दुष्ट शासनलाई दण्डित गरिनुपर्छ भन्दै सम्बोधन गरेका थिए ।

इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूसहित ७ जनाको मृत्यु भएपछि इरान इजरायलप्रति क्रुद्ध बनेको छ ।

खामेनीले इजराइलविरुद्ध जवाफी कारवाही गर्ने वाचा निरन्त दोहोर्याउदैआएका छन् । खामेनीको आक्रोशलाई जवाफ दिदै इजरायली विदेश मन्त्री इजराइल काट्जले इजरायलविरुद्ध इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत इरानले इजरायलमाथि आक्रमण गरे सिधै इरानमाथि हमला गर्ने चेतावनी दिएका हुन् ।

इरान र इजरायलबीच तनाव, युद्ध हुने सम्भावना

 काठमाडौँ । इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो ।


सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो ।


यस विषयमा इरानले अमेरिकालाई इरान र इजरायलबीच नआउन चेतावनी पनि दिएको छ । इरानी राष्ट्रपतिका राजनीतिक मामिलाका लागि डेपुटी चिफ अफ स्टाफ मोहम्मद जमशिदीले अमेरिकालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जालमा नपर्न चेतावनी दिदै यस विषयमा टाढा बस्न आग्रह गरेका थिए ।


यद्यपी अमेरिकाले उक्त धम्कीप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन ।



यसैबीच अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानले इजरायली र अमेरिकी लक्ष्यमा आक्रमण गर्ने बारे अमेरिकी सेना उच्च सतर्कतामा रहेको उल्लेख गरेको छ ।


इजरायललाई इरानबाट आक्रमणको डर रहेको छ, त्यसैले इजरायलले आफ्नो जीपीएस नेभिगेसन सिस्टम बन्द गरेको छ । इजरायलले गाइडेड मिसाइलहरू अवरोध गर्न जीपीएस  बन्द गरिएको मानिन्छ । यसबाहेक उच्चसतर्कता अपनाउदै सबै सैनिकको बिदा रद्द गरेका छन् । इजरायलले इरानलाई हमास र हिजबुल्लाह जस्ता आतंकवादी संगठनहरूलाई सहयोग गरिरह्यो भने उसको लक्ष्यलाई निशाना बनाइने सन्देश दिन सिरियामा हवाई हमला गरेको बताइएको छ ।


सिरियामा इरानको दूतावास छ र त्यहाँका धेरै सैनिकहरू पनि त्यहाँ छन् जो राष्ट्रपति बसर अल असदको पक्षमा विद्रोही समूहहरू विरुद्ध लडिरहेका छन् । अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै यस्तै निशाना बनाएको थियो ।


इरान र इजरायलको दुश्मनी पुरानो हो, तर इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गर्ने साहस कहिल्यै जुटाउन सकेको छैन । उनले सधैं हमास र हिजबुल्लाह जस्ता आतंकवादी संगठनहरूलाई समर्थन गरेर आफ्नो बदला लिने गरेको छ । अब इरानले इजरायललाई सीधै निशाना बनायो भने सबैभन्दा ठूलो खतरा यो युद्ध मध्यपूर्वमा फैलिने अनुमान गरिएको छ ।


यसैबीच हिजबुल्लाह प्रमुख सय्यद हसन नसरल्लाहले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमण अक्टोबर ७ यताकै सबैभन्दा ठूलो हमला भएको बताएका छन् । उनले यस कारणले युद्ध निर्णायक मोडमा पुगेको टिप्पणी गर्दै अब इरानले इजरायलमाथि पक्कै आक्रमण गर्ने बताएका छन् ।

गाजामा मानवीय सहायता गर्न गएका ७ जना स्वयंसेवकको इजरायली आक्रमणमा मृत्यु

 काठमाडौं। गाजामा राहत वितरण गर्न खटिएका ७ जना स्वयंसेवकको इजरायलको आक्रमणमा परेर मृत्यु भएको छ।


प्राकृतिक प्रकोप तथा मानवीय संकटको बेला खाना वितरण गर्ने अमेरिकाको एक एनजीओ वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसीके) ले इजरायली सेनाको आक्रमणमा परी आफ्ना ७ सदस्यको ज्यान गएको जानकारी गराएको हो।


मृत्यु हुनेमा अष्ट्रेलिया, प्यालेस्टाइन, पोल्याण्ड, बेलयात तथा अमेरिका–क्यानडाका नागरिक रहेको डब्लुसीकेले जनाएको छ। अलजजिराका अनुसार सबै स्वयंसेवक विवादित क्षेत्रमा डब्लुसीकेको लोगो अंकित २ गाडीमा सवार थिए।



सो टोलीले इजरायली सेनासँगको समन्वयमा समुद्री रुट हुँदै ल्याएको १०० टन भन्दा बढि खाद्य सामग्रीलाई देर अल–बालाहस्थित एक गोदाममा झारेको थियो। राहत राखेर फिर्किने क्रममा उनीहरु सवार गाडीमा इजरायलले हवाई आक्रमण गरेको बताइएको छ ।

बीबीसीका अनुसार उनीहरुले डब्लुसीके अंकित बुलेटप्रुफ ज्याकेट लगाएका थिए। इजरायलले भने सो घटनाको विस्तृत समीक्षा गरिरहेको बताएको छ।


गाजामा ६०० इजरायली सैनिकको मृत्यु


 जेरुसेलम– इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।

इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो । 


हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ ।


यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।


गाजामा चलिरहेको यस भीषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् । 

इजरायलले गाजामा यसरी गर्दैछ एआई को उपयोग

काठमाडौं । इजरायली सेनाले गाजामा बम खसाल्ने क्षेत्र पत्ता लगाउन एआई प्रयोग गरिरहेको पाइएको छ । हमासले आक्रमण गरेपछि एआई प्रणाली नै विकास गरेर इजरायल युद्धमा उत्रिएको हो । 

इजरायली पत्रिका +९७२ म्यागेजिनका अनुसार इजरायली सैनिकले गाजामा बम खसाल्न 'ल्याभेन्डर' (Lavender) नामक प्रणाली विकास गरेको छ । यो प्रणाली ७ अक्टोबरमा हमासले हमला गरेपछि इजरायलले विकास गरेको सो पत्रिकाको दाबी छ ।

हालसम्म ल्याभेन्डरले गाजामा हमास लडाकु रहेको ३७ हजार स्थान मार्क गरेको र उनीहरूको हत्या गर्न अनुमति दिएको बताइन्छ । इजरायली सेनाले भने हमास सैनिकमाथि आक्रमण गर्न एआई प्रयोग गरेको विषय अस्वीकार गर्दै आएको छ । यद्यपि ल्याभेन्डर प्रणाली विकास भएको इजरायली सेनाका प्रवक्ताले सीएनएनसँगको अन्तर्वार्तामा स्वीकारेका छन् । 

उक्त प्रणाली निशाना विश्लेषण गर्ने टुल मात्र भएको सीएनएनलाई उनले बताएका छन् । त्यस्तै बमको लक्ष्य अन्तर्राष्ट्रिय कानून र इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नियम अनुसार छ/छैन भनेर स्वतन्त्र रूपमा जाँच गर्ने उद्देश्य अनुरूप उक्त प्रणाली विकास गरेको सेनाको भनाइ छ ।


यता इजरायली इन्टेलिजेन्स अधिकारीहरू (गोप्य स्रोत)लाई उदृत गर्दै बमबारी गर्नुअघि ल्याभेन्डरको लक्ष्यबारे जाँच नगर्नुपर्ने +९७२ ले उल्लेख गरेको छ । त्यस्तै कहिलेकाहीँ सैनिकहरूले लक्ष्य छनोटबारे केही नसोच्ने, बरु कतिपय अवस्थामा पुरुष संख्या हेर्ने र सो स्थानमा बम खसाल्ने गरेको +९७२ ले जिकिर गरेको छ ।

इजरायलले हमास र प्यालेस्टिनी इस्लामिक जिहाद अपरेटिभहरूबारेको डेटा प्रयोग गरेर यस्तो शक्तिशाली सर्भिलियन्स एआई टुल विकास गरेको हो । विशेष गरेर गाजाको आन्तरिक सुरक्षा मन्त्रालयका कर्मचारीहरूको डेटा पनि यस टुलको डेटासेटमा राखिएको छ । यस्तै डेटाका आधारमा हमाससँग सम्बन्धित विभिन्न गतिविधि पत्ता लगाउन ल्याभेन्डरलाई तालिम दिइएकाे छ ।

यसको प्रमुख विशेषता भनेकै हमाससँग सम्बन्धित सबै गतिविधिहरूको पहिचान गर्नु हो । यसका लागि गाजामा रहेका प्यालेस्टिनीहरूलाई १ देखि १०० को बीचमा रहेर यस टुलले र्‍याङ्क गर्ने गर्छ ।

हमास गतिविधिसँग ती व्यक्ति कति नजिक छन् भन्ने आधारमा त्यो अङ्क दिइने गर्छ । यदि कोही व्यक्तिले पाएको नम्बर थ्रेसहोल्डबाट कटे उनीहरूमाथि बस बर्साउन इजरायली सैनिक तयार हुन्छन् । सो थ्रेसहोल्ड सधैं परिवर्तन भइरहने र सैनिक अधिकृतले चाहे अनुसार राख्न सक्ने +९७२ ले लेखेको छ ।

यसरी यो प्रणालीले गर्ने काम ९० प्रतिशत सही हुने गर्छ । यसको अर्थ यसले फेला पारेका १० प्रतिशत व्यक्ति हमास गतिविधिसँग सम्बन्धित हुँदैनन् ।

कतिपय अवस्थामा दोस्रो नाम (थर/उपनाम) हमाससँग जोडिकै अवस्थामा पनि यस प्रणालीले उक्त व्यक्तिलाई निसानामा राख्ने गर्छ । त्यस्ता गल्तीहरूलाई समेत इजरायली सैनिक अधिकृतहरूले वेवास्ता गरेको र प्रणालीले देखाएको नतिजा साँचो नभए पनि उनीहरूले ठीक मान्ने गरेको +९७२ ले जनाएको छ ।

यही प्रणालीमा आधारित भएर केही इजरायली अधिकारीहरूले नागरिकहरूलाई समेत निसानामा राख्न र उनीहरूमाथि बम बर्साउन सक्छन् ।

इजरायल-हमास युद्धको प्रारम्भिक समयताका तल्लो स्तरका हमास अधिकारी पहिचान गर्न इजरायली सैनिकले दैनिक १५ देखि २० नागरिकलाई निसाना राख्थे । यहीकारण माथिल्लो तहका हमास अधिकारीलाई पहिचान गर्ने नाममा इजरायलले सयौं सर्वसाधारणको हत्या गरेको बताइन्छ ।

त्यस्तै शंका गरिएका हमास संलग्न व्यक्ति पहिचान गर्न 'where's daddy' नामक प्रणाली पनि इजरायले प्रयोग गरिरहेको छ । यस प्रणाली पनि सोही ल्याभेन्डरमा आधारित छ ।

यसको काम उक्त व्यक्ति आफ्नो घर नपुगुन्जेल उसलाई ट्रयाक गर्नु हो । जब उक्त व्यक्ति घर पुग्छ, त्यसपछि सो स्थानमा इजरायलले बम खसाल्ने गर्छ । त्यसो गर्दा इजरायलले अन्य कुनै पनि विषय नसोच्ने +९७२ ले उल्लेख गरेको छ । तर कतिपय अवस्थामा शंका गरिएका व्यक्ति हमास नहुँदा निर्दोष परिवारको सर्वनाश हुने गरेको छ ।

इजरायल-हमास युद्ध छेडिएपछि इजरायलले यस प्रकारका प्रविधि आक्रमक तरिकाले विकास गरेको छ । प्यालेस्टिनीहरूको डेटाबेस बनाउन इजरायलले फेसियल रेकग्निसन प्रोग्राम सञ्चालन गरेकोबारे गत मार्चमा न्यू योर्क टाइम्सले समाचार लेखेको थियो । जसलाई हमासमा आबद्ध व्यक्ति पहिचान गर्न इजरायलले प्रयोग गरिरहेको बताइन्छ ।

यसको एउटा उदाहरण फेसियल रेकग्निसन प्रविधिबाटै इजरायलले प्यालेस्टिनी कवि मोसाब अबु तोहालाई हमास कार्यकर्ता मानेर पक्राउ गर्नु हो । इजरायलले अबु तोहालाई दुई दिनसम्म हिरासतमा राखेर उनी निर्दोष देखिएपछि मात्रै छाडेको थियो । 

युद्धका क्रममा इजरायलले प्रयोग गरेको अर्को नयाँ एआई टुल हो, द गोस्पाल । हमासले प्रयोग गर्ने भवनहरूको मार्क गर्न इजरायलले यो प्रविधि प्रयोग गर्ने गरेको छ ।

एआई प्रविधिमा आधारित द गोस्पालमा भर पर्दा गाजामा रहेका धेरै निर्दोष सर्वसाधारणले ज्यान गुमाएका छन् । सर्भिलियन्स प्रविधिमाथि इजरायलले आँखा चिम्लेर विश्वास गर्दा बिनाकारण सयौंले मृत्युवरण गर्नु परिरहेको हो ।

सुरक्षा मामलाका जानकारहरू इजरायलले हाल प्रयोग गरिरहेको सर्भिलियन्स प्रविधिको निकै विकसित रूप ल्याभेन्डर प्रणाली भएको बताउँछन् । इजरायलले यस प्रविधिलाई गाजा स्ट्रिप र वेस्ट बैंक जस्ता क्षेत्रमा सक्रिय गराएको अनुमान गरिएको छ । किनकी ती क्षेत्रमा हमास समूह सक्रिय रहेको इजरायलको अनुमान छ ।

इजरायलको यस प्रविधिबाट सशङ्कित भएको सुरक्षा मामलाका जानकार सुनाउँछन् । साथै इजरायली डिफेन्स स्टार्टअपले भविष्यमा यस प्रकारका प्रविधि निर्यात गर्न सक्ने र त्यसले थप सुरक्षा चिन्ता निम्त्याउने उनीहरूको तर्क छ ।

यसकारण युद्धताका अझ धेरै सर्वसाधारण बस्ने गाजा जस्तो ठाउँमा त्यस्ता 'मास सर्भिलियन्स' प्रविधि प्रयोग गर्दा निकै सतर्कता अपनाउनुपर्ने उनीहरू सुझाउँछन् । सकेसम्म त्यस्ता प्रविधिको निर्णयमाथि कदम चलाउनुअघि वास्तविकता जाँच गरेर मात्र पाइला चाल्नुपर्ने उनीहरूको सुझाव छ ।

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजापट्टी, १९ चैत । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ ।


इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौं व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ । यद्यपी इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन ।

प्रत्यक्षदर्शीको भनाईमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौं हवाई हमला गरेको थियो । हमास सरकारद्वारा संचालित संचार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ ।

हमासको मुख्य अखडा रहेको विश्वासमा अल–शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकू मारिएको दाबी गरेको थियो ।

इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकूका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो । हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरुमा आफ्ना लडाकू नरहेको बताउँदै आएको थियो ।

हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अल–शिफा अस्पताल परिसरबाट दर्जनौं व्यक्तिका सडेका शवहरु बरामद गरिएको जनाएको छ । मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको र ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको छ ।


एक जना चिकित्सकले २० जनाभन्दा बढी व्यक्तिका शव भेटिएको तर तिनीहरुलाई इजरायली ट्याङ्कले कुल्चेका कारण चिन्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

इजरायली सेनाले अल–शिफा अस्पताल कब्जामा लिनुअघि हजारौं सर्वसाधारणले त्यहाँ आश्रय लिएका थिए । इजरायली सेनाले सुरुमा गत नोभेम्बर महिनामा अस्पतालमा छापा मारेको थियो ।

यसैबीच, इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरुमा पनि घातक हवाई हमला गरेको छ । गाजाका कैयौं स्थानमा हमास र इजरायली सैनिकबीच भिडन्तहरु भइरहेका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हवाई हमलामा परेर कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ । रासस

नेपाल इजरायल

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...