Slider

इरान र इजरायलबीच तनाव, युद्ध हुने सम्भावना

इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियाको इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो

 काठमाडौँ । इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो ।


सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो ।


यस विषयमा इरानले अमेरिकालाई इरान र इजरायलबीच नआउन चेतावनी पनि दिएको छ । इरानी राष्ट्रपतिका राजनीतिक मामिलाका लागि डेपुटी चिफ अफ स्टाफ मोहम्मद जमशिदीले अमेरिकालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जालमा नपर्न चेतावनी दिदै यस विषयमा टाढा बस्न आग्रह गरेका थिए ।


यद्यपी अमेरिकाले उक्त धम्कीप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन ।



यसैबीच अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानले इजरायली र अमेरिकी लक्ष्यमा आक्रमण गर्ने बारे अमेरिकी सेना उच्च सतर्कतामा रहेको उल्लेख गरेको छ ।


इजरायललाई इरानबाट आक्रमणको डर रहेको छ, त्यसैले इजरायलले आफ्नो जीपीएस नेभिगेसन सिस्टम बन्द गरेको छ । इजरायलले गाइडेड मिसाइलहरू अवरोध गर्न जीपीएस  बन्द गरिएको मानिन्छ । यसबाहेक उच्चसतर्कता अपनाउदै सबै सैनिकको बिदा रद्द गरेका छन् । इजरायलले इरानलाई हमास र हिजबुल्लाह जस्ता आतंकवादी संगठनहरूलाई सहयोग गरिरह्यो भने उसको लक्ष्यलाई निशाना बनाइने सन्देश दिन सिरियामा हवाई हमला गरेको बताइएको छ ।


सिरियामा इरानको दूतावास छ र त्यहाँका धेरै सैनिकहरू पनि त्यहाँ छन् जो राष्ट्रपति बसर अल असदको पक्षमा विद्रोही समूहहरू विरुद्ध लडिरहेका छन् । अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै यस्तै निशाना बनाएको थियो ।


इरान र इजरायलको दुश्मनी पुरानो हो, तर इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गर्ने साहस कहिल्यै जुटाउन सकेको छैन । उनले सधैं हमास र हिजबुल्लाह जस्ता आतंकवादी संगठनहरूलाई समर्थन गरेर आफ्नो बदला लिने गरेको छ । अब इरानले इजरायललाई सीधै निशाना बनायो भने सबैभन्दा ठूलो खतरा यो युद्ध मध्यपूर्वमा फैलिने अनुमान गरिएको छ ।


यसैबीच हिजबुल्लाह प्रमुख सय्यद हसन नसरल्लाहले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमण अक्टोबर ७ यताकै सबैभन्दा ठूलो हमला भएको बताएका छन् । उनले यस कारणले युद्ध निर्णायक मोडमा पुगेको टिप्पणी गर्दै अब इरानले इजरायलमाथि पक्कै आक्रमण गर्ने बताएका छन् ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...