नेपाल इजरायल .कम

अक्टोबर ७ , २०२३
के तपाई बिर्सन सक्नुहुन्छ ?
त्यो कालो दिन
बारुदको धुवाले मैलिएको
इजरायलको त्यो धमिलो आकाश, 
जहाँ बर्षिएको थियो अनगिन्ति क्षेप्यास्त्रको बर्षा ?

एकाविहानै आतंकको बादल मडारिएको सब्बातको त्यो बिहान जब प्यालेस्टाइनको लडाकु जत्था हमास इजरायलमा जल स्थल र आकाश चारैतिरबाट प्रवेश गरी निहत्था नागरिकको नृशंस हत्या गरे ।

पलपल बज्ने साइरनको आवाजसँगै इजरायलमा आश्रित लाखौं नागरिकहरु आफूलाई बंकरमा त लुकाउथे तर मृत्युको भय हरघडी धडकन जस्तै ढुकढुक गरिरहन्थ्यो ।


त्यही दिन हो हामीले लर्न एण्ड अर्न अन्तर्गत इजरायलमा कृषि अध्ययन गर्न आएका हाम्रा निर्दोष १० नेपाली दाजुभाईहरु गुमायौं । सारा संसारको लागि यो कालो दिन केवल एउटा अखबारमा छापिने समाचार मात्र होला तर इजरायलमा कार्यरत हामी नेपालीका लागि यो अत्यन्त हृदयविदारक घटना कहिल्यै नमेटिने चोट बनेर छातिभित्र टाँसिएको छ । हामी हरेक नेपालीको मन मुटुमा असह्य पीडाको छाप बनेर कोरिएको छ ।  त्यही दिनबाट सुरु भयो इजरायलका नेपाली दाजुभाइ दिदीबहिनी बिच खबर आदान प्रदान गर्ने यो न्युज पोर्टल - नेपाल इजरायल डट कम ।

 
नेपाल इजरायल डट कम इजरायलमा रहेका नेपालीहरुबीच सूचना प्रवाह र विचार आदानप्रदान गर्ने उदेश्यले स्थापित इजरायलमा रहेका साथीहरुबाट सन्चालित अनलाइन हो । 
 
नेपाल इजरायल डट कमको उदेश्य इजरायलमा रहेका नेपालीसँग जोडिएका समाचारहरु संकलन र शेयर गर्नु मात्र हो । 
 
आरम्भ
अक्टोबर ७ तारीख हमासको विध्वंशकारी आक्रमणमा परी इजरायलमा रहेका निर्दोष नेपालीहरुको हत्या भएपछि यस क्षेत्रमा भएका सूचना र गतिविधिहरु शेयर गर्न अक्टुबर ८ तारिक यो डोमेन दर्ता गरेर यसबारेमा भएका अपडेट दिन शुरु गरिएको हो । 
 
अनुरोध
नेपाल इजरायल डट कम कुनै पूर्वाग्रह वा नाफा कमाउने उद्देश्यले खोलिएको हैन । यो गैर राजनीतिक तटस्थ र निस्पक्ष तथा नितान्त सूचना र सेवामुलक अनलाइन पत्रिका हो । यदि तपाई पनि नेपाल इजरायलका बारेमा सरोकार राख्नु हुन्छ या कुनै न कुनै रुपमा  आवद्ध हुन चाहनुहुन्छ भने मेसेज गर्न सक्नुहुनेछ ।

समाचारको लागि साइटको तल दायाँ कुनामा रहेको हरियो ह्वाट्सअप बटनमा क्लिक गरी ह्वाट्सअप पनि गर्न सक्नुहुन्छ।  


तपाईंको सन्देश यहाँ लेख्नुहोस



कुनै समाचार या लेख रचना प्रकाशन गर्नुहुन्छ भने हामीलाई लेख्नुहोस । हाम्रो इमेल-  

lekhnuhos@gmail.com

नेपाल इजरायल

both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...