Slider

नेफिन इजरायलले हमास आक्रमणमा मारिएकाहरुलाई २ लाख र एक घाइतेलाई ५० हजार सहयोग गर्ने

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको पहलमा हमास आक्रमणमा मारिएका १० जना नेपालीसहित सबैको सम्झनामा शोक सभा र दीप प्रज्ज्वलन सम्पन



तेल अविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको पहलमा अस्ति शुक्रबार नोभेम्बर १७ तारिखका दिन हमासको आक्रमणमा मारिएका १० जना नेपालीसहित उक्त घटनामा मारिएका सबै व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै दिवंगत आत्माहरुप्रति श्रद्धान्जली तथा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

गत अक्टोबर ७ का दिन प्यालेस्टाइन हमास समूहले इजरायलमाथि अचानक गरेको आक्रमणमा परि धनुषाका आनन्द साह, कैलालीका नारायण प्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको हत्या भएको थियो ।

इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल आइपुगेका १० नेपाली उक्त घटनामा मारिएका हुन् ।

नेफिन इजरायलका अध्यक्ष कुमार आङदेम्बेको सभापतित्वमा उक्त शोक सभा सम्पन्न भएको थियो ।

नेफिन अध्यक्ष आङदेम्बेका अनुसार मारिएका १० जना नेपालीको परिवारलाई प्रतिपरिवार रु २० हजारका दरले नेफिन इजरायलले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । साथै उक्त घटनामा घाइते भएर नेपाल सरकारले उद्दार गरि नेपाल फर्किएका धनबहादुर चौधरीलाई रु ५० हजार नगद सहयोग उपलब्ध गराउने छ ।

आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज सकेर फलोअपमा छन् भने एक जना धनबहादुर चौधरी  नेपाल पुगिसकेका छन् र एक जना घाइते इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।

नेपाल सरकारले बेपता भएका बिपिन जोशीको खोजीका लागि सक्दो पहल गरिरहेको बताएको छ।


नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...