Slider

के गाजाको शिफा अस्पतालको भिडियो फुटेजमा देखिएका व्यक्ति विपिन जोशी नै हुन त ?

इजरायली आर्मीले गाजाको शिफा अस्पतालको भिडियो फुटेज सार्वजनिक गर्दै हमासले बन्धक बनाएका नेपालका विपिन जोशी र एक थाइ नागरिक देखिएको बताएका छन ।


प्यालेस्टिनी उग्रवादी समूह हमासले इजरायलमा आकस्मिक हमला गरेर ठूलो संख्यामा सर्वसाधारणको हत्या र अपहरण गरेपछि इजरायली सुरक्षा बल हमासलाई पूर्ण रुपमा नष्ट गर्ने भन्दै गाजापट्टिभित्र प्रवेश गरी स्थलगत युद्धमा होमिएको छ ।

हमासले गाजाका अस्पताल, संयुक्त राष्ट्रसंघका शरणार्थी शिविर तथा विद्यालयहरुलाई नै आतंकवादी गतिविधि सन्चालन गर्ने सुरक्षित स्थलको रुपमा प्रयोग गर्दै आएको भन्ने शुरुदेखि नै इजरायली पक्षको भनाई रहेको थियो । यसै क्रममा गाजाको शिफा अस्पतालको भेटिएको सिसिटिभी फुटेज सार्वजनिक गर्दै त्यसमा बन्धक बनाएर ल्याइएकामध्ये एकजना थाइल्यान्डका नागरिक र अर्का नेपाली हुन भनेर इजरायली आर्मीले पुष्टि गरेको छ ।

भिडियोमा नेपाली नागरिक भनिएका व्यक्ति हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी नै हुन या अरु नै कोही हुन त ? नेपाली दुतावास इजरायलले पनि एक विज्ञप्ति जारी गरेर इजरायली डिफेन्स फोर्सका प्रवक्ताबाट प्राप्त जानकारीका आधारमा विपिन जोशीलाई हमासले बन्धक बनाएर गाजातर्फ लगेको औपचारिक रुपमा पुष्टि भएको बताएको छ ।

उनलाई हमास आतंककारीहरुले जबरजस्ति हिडाउदै अस्पताल प्रवेश गराएका छन भने अर्का एक थाइ नागरिक (जसको दाया खुट्टाको बमले उडेको छ ) लाई स्ट्रेचरमा राखेर लगिएको छ । यद्यपि भिडियोमा प्रष्ट अनुहार भने देखिएको छैन । अक्टोबर ७ तारिख हमास लडाकुहरु इजरायल प्रवेश गरी उत्सव मनाइरहेका र अन्य सर्वसाधारण मानिसहरुको अन्धाधुन्द हत्या र अपहरण गरेका थिए ।

हेर्नुहोस भिडियो ..

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...