Slider

नेफिन इजरायलद्वारा भूकम्प पिडितलाई रु. ५ लाख ११ हजारको बराबरको राहत सामग्री प्रदान

नेपाल आदिवासी जनजाति महासंघ इजरायलले सानीभेरी गाउँपालिका २ का भूकम्प पिडितहरुलाई रु. ५ लाख ११ हजार १ सय ९६ रुपैयाँ बराबरको राह सहयोग गरेको छ ।।


तेल अविव /इजरायल -नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)  इजरायलले भूकम्पबाट पिडित सानीभेरी गाउँपालिका वडा नं. २ का पिडितहरुलाई रु. ५ लाख ११ हजार १ सय ९६ रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ ।

उक्त राहत सामग्रीमा कम्बल १ सय ८० थान र त्रिपाल १ सय ८० थान रहेको छ । गत आइतबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. २ मा उक्त राहत सामग्री वितरण गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको पहलमा नेफिनमा आबद्ध संघसंस्था साथै इजरायलमा कार्यरत नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरी रु. ५ लाख ११ हजार १ सय ९६ रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको नेफिन इजरायलद्वारा जारी सूचनामा भनिएको छ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर आएको विनाशकारी भुकम्पका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने ८९ जना घाइते भएका थिए ।

त्यसैगरी उक्त गाउँपालिकाको वडा नं. १, २ र ४ मा सबैभन्दा वढी क्षति पुगेको थियो जसमा भुकम्पले ३ सय ४६ घर पूर्ण रुपमा क्षती पुराएको छ भने १ हजारभन्दा बढी घरहरुमा आंशिक क्षती पुराएको छ ।

उक्त राहत सामग्री वितरणका लागि नागरिक अभियन्ता गोविन्द छन्त्यालले समन्वय गरेका थिए । उक्त राहत सामग्री वितरणका लागि नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेश र जिल्ला समिति रुकुम पश्चिमले समेत सहजीकरण गरेको थियो ।


नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...