Slider

इजरायलबाट उद्धार गरिएका २५३ जना नेपाली काठमाडौं आइपुगे

इजरायलबाट उद्धार गरिएका २५३ जना नेपाली काठमाडौं आइपुगे । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्यसबारेमा जानकारी दिनु भएको थियो ।


काठमाडौं, असोज २६ गते ।  इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँ आइपुगेको छ । 

उद्धार गरिएका नेपालीहरु काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । 

नेपाल एयरलाइन्सको चार्टर विमानबाट आएका विद्यार्थी शुक्रबार ३ बजेतिर अवतरण भएका हुन् ।
समाचार संकलनका लागि उपस्थित पत्रकारहरु
शुक्रबार बिहान काठमाडौं आइपुगेपछि परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारेमा जानकारी दिनु भएको थियो । 

विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीसहितका अधिकारीहरू पनि उपस्थित हुनुहुन्थ्यो । 

नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार राति इजरायल जानुभएको थियो । विद्यार्थीलाई लिन विमानस्थलमा नेपाल प्रहरीको बस तयारी अवस्थामा राखिएको छ ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...