Slider

यसपालीको युद्दमा हमासको नाम निशान मेटाइदिने इजरायलको तयारी

हमासले आक्रमण गरी हजारौं नागरिकको निर्मम हत्या गरेपछि क्रुद्ध बनेको इजरायलले यसपालीको लडाईलाई हालसम्मकै ठूलो ऐतिहासिक युद्दको रुपमा हेरेको छ ।

गाजापट्टिबाट हमासले आक्रमण गरी हजारौं निहत्था नागरिकको क्रुर र निर्मम हत्या गरेपछि क्रुद्ध बनेको इजरायलले यसपालीको लडाईलाई हालसम्मकै ठूलो ऐतिहासिक युद्दको रुपमा हेरेको छ । गर या मरको शैलीमा प्रत्याक्रमणमा उत्रिएको इजरायली सैनिकले यसपाली प्यालेस्टाइनबाट हमासको नाम निशान मेट्ने प्रण गरेको कुरा संचार माध्यममा आएका छन ।

प्यालेस्टाइनी अतिवादी समूह हमासले इजरायलले गरेको हवाई आक्रमणमा १३ जना आफ्नै देसका बन्धक समेत मारिएको दाबी गरेको छ । हमासको सैन्य शाखाका अनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली बन्दी र विदेशी बन्धक मारिएका छन् ।

‘इजरायललाई आफनो नागरिक प्रति पनि कुनै संवेदनशिल छैन, उसले हवाई हमलामार्फत आफनै नागरिक र बिदेशीहरुको हत्या गरेको छ,’ हमासका सैन्य कमाण्डरले भनेका छन् ।

हमासको विज्ञप्तिअनुसार गाजाका पाँच स्थानमा यी व्यक्तिहरुको मृत्यु भएको हो । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १५० जनालाई अपहरण पनि गरेर प्यालेस्टाइनी भुमीतर्फ लगेको थियो ।

साथै, हमासले इजरायलमा फेरी रकेट प्रहार गरेको छ । टाइम्स अफ इजरायलका अनुसार हमासले इजरायली सहर अस्केलोनमा १५० रकेट प्रहार गरेको छ । अश्कलोनबाट प्राप्त तस्विरहरूमा रकेटहरू खसेको देख्न सकिन्छ। हमासले आक्रमण गर्नुअघि सहरमा साइरन पनि बजिरहेको सो मिडियाले जनाएको छ ।

उता, जारी युद्ध रोकिने कुनै छाँटकाँट नदेखि रहेको बेला इजरायली ट्याङ्कहरू गाजा सीमातर्फ अघि बढिरहेको जनाईएको छ । इजरायली सेनाले गाजापट्टी नजिक ३ लाख सैनिक तैनाथ गरेको छ । अहिले क्रमशः ट्याङ्क पनि यही दिशामा पठाइँदैछ । इजरायली सेनाले स्पष्ट रूपमा हमासलाई समाप्त गर्ने बताए पछि आक्रामक रुपमा इजरायल युद्धमा उत्रेको छ ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...