Slider

इजरायलबाट फर्केका विद्यार्थीहरु त्यो दिन सम्झदै -बंकरको बास, साथीको मृत्युले बेचैन

कोही अब इजरायल नफर्किने बताइरहेका थिए त कोही बङ्कर बासको अनुभव सुनाइरहेका थिए । कोही बेपत्ता रहेका विपीन जोशीको सम्झना गरिरहेका थिए ।
इजरायलबाट फर्केका विद्यार्थीहरु त्यो दिन सम्झदै  -बंकरको बास, साथीको मृत्युले बेचैन , भन्छन् : द्वन्द्वमा हराइरहेका साथि खोजीदिनुस्

   

 इजरायलको युद्धमा इजरायलको युद्धमा फसेका २५३ जना नेपाली विद्यार्थीहरू बिहीबार राति त्रिभुवन विमानस्थलमा झरे । जब उनीहरू विमानस्थलबाट बाहिररहेका थिए, उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो । आफन्तहरू भावुक बनिरहेका थिए, खुसीका आँसु बर्साइरहेका थिए ।

उनीहरूमध्ये कोही एक महिना अगाडि मात्र इजरायल गएका थिए त कोही दुई महिना अगाडि ।

बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनीहरूमध्ये अधिकांशले भनिरहेका थिए– धन्यवाद नेपाल सरकार !


उनीहरूले नेपाल एयरलाइन्सलाई पनि धन्यवाद दिन कन्जुस्याइँ गरेनन् । कठिन समयमा पनि आफूहरूको उद्धार भएकोप्रति उनीहरू कृतज्ञ थिए ।

कोही अब इजरायल नफर्किने बताइरहेका थिए त कोही बङ्कर बासको अनुभव सुनाइरहेका थिए । कोही इजरायलका आकाशमा देखिएका मिसाइलका झिल्कालाई नेपालमा तिहारमा देखिने आतसबाजीसँग तुलना गरिरहेका थिए ।

"सकेसम्म नेपालमै बस्ने हो । विदेशी भूमि आफ्नो जस्तो हुँदो रहेनछ," बझाङका एक विद्यार्थी भनिरहेका थिए ।

कोही नेपाली भूमिमा सम्भावनाका कुरा गरिरहेका थिए, इजरायलले कृषिमा गरेको आधुनिकीकरणका किस्सा सुनाइरहेका थिए । तिनैमध्येका रामपुर चितवनका वसन्त भट्टराईले सम्भावना भएर नेपालले कृषि क्षेत्रलाई बेवास्ता गरिरहेको बताए ।

कोही बेपत्ता रहेका विपीन जोशीको पनि पनि सम्झना गरिरहेका थिए ।

असोज २० गते शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएको थियो ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...