Slider

विपिन जोशीलाई खोजी तथा रिहाइ गर्न इजरायलसँग परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हमासको आक्रमणकाल क्रममा अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी गर्न इजरायलसँग आग्रह गर्नुभएको छ ।

 


काठमाण्डौ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विद्रोही हमासको आक्रमणकाक्रममा अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन इजरायलसँग आग्रह गर्नुभएको छ । 

नेपालका लागि इजरायली राजदूत हनान गोडेरसँग हिजो भएको भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

इजरायलमा गएको असोज २० गते हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्यही दिनदेखि कञ्चनपुरका जोशी बेपत्ता हुनुहुन्छ । आक्रमण हुँदा साथमा रहेका नेपाली विद्यार्थीका अनुसार जोशीलाई हमास समूहले सँगै लगेको थियो ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...