Slider

इजरायलको आक्रमणमा प्यालेस्टाइनी फुटबलरको निधन


 काठमाडौँ । गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी प्यालेस्टाइनका फुटबल खेलाडी मोहम्मद बराकातको निधन भएको छ । इजरायली सेनाले गरेको बमबारीमा परी फुटबलर मोहम्मद बराकातको निधन भएको समाचारमा जनाइएको छ । 

इजरायलले सोमबार खान युनिसस्थित मोहम्मद बराकातको घरमा पनि बमबारी गरेको थियो । बराकात प्यालेस्टाइनका प्रभावशाली फुटबल खेलाडी थिए । उनी प्यालेस्टाइनी फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी पनि हुन् । 

उनले आफ्नो सक्रिय खेलजीवनमा हालसम्म एक सय १४ गोल गरेका छन् । ३९ वर्षीय बराकात आहली गाजा क्लबबाट व्यावसायिक फुटबल खेल्थे । उनी प्यालेस्टाइनको फुटबलमा ‘दी लिजेन्ड अफ खान युनिस’ को उपनामले चर्चित थिए । 

उनी खान युनिस क्लबका कप्तान पनि थिए । उनले जोर्डन थुप्रै क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले साउदी अरेबियन क्लब अल-शोलाबाट पनि केही समय व्यावसायिक फुटबल खेलेका थिए ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...