Slider

गायिका एलिना चौहान, गगन पुन र श्याम रानाले इजरायल तताउने

याँ बर्ष २०८१ को अवसरमा गायिका एलिना चौहान, गगन पुन र श्याम रानाले इजरायल तताउने

नेपाल मगर संघ इजरायलको आयोजनामा आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को अवसरमा इजरायलमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । अप्रिल १२ का दिन तेल अभिभमा हुने सो कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायिका एलिना चौहान, तथा गायकहरु गगन पुन र श्याम रानालाई निम्न्त्रणा गरिएको छ ।

इजरायलबासी नेपालीहरुलाई मनोरञ्जन दिदै नयाँ बर्ष २०८१ लाई सांगितिक सास्कृतिक रुपमा भव्यताका साथ स्वागत गर्ने तयारी गरिरहेको नेपाल मगर संघ इजरायलले जनाएको छ ।

विशुद्ध मनोरञ्जनसाथै अक्षयकोष अभिवृद्धि लागी "नया बर्ष २०८१ सांगीतिक साँझ” आयोजना गर्न लागिएको नेपाल मगर संघ इजरायलका अध्क्षय सूर्य रानाले जानकारी दिएका छन् ।

नेपाल मगर संघ इजरायल शाखाले स्थापना काल देखि नै यस्ता विभिन्न गतिविधि तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

इजरायलमा कार्यरत सबै नेपाली र नेपाली भाषी सबैलाई कार्यक्रममा उपस्थिति भइदिन आयोजकले अनुरोध पनि गरेको छ।


नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...