Slider

इजरायलमा ११४औं नारी दिवस मनाइयो

इजरायलमा अन्तर्राष्ट्रिय नारी दिवस गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद इजरायलको आयोजनामा भर्च्युअल जुम मार्फत भव्यताकासाथ सम्पन्न भएको छ ।
नेपाल इजरायल डट कम, जेरुसेलम । इजरायलमा ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्यताकासाथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद इजरायलको आयोजनामा भर्च्युअल जुम मार्फत मनाइएको सो कार्यक्रममा इजरायलमा रहेका अन्य विभिन्न संघ सस्थाको समेत सहभागिता रहेको थियो ।

गैर आवासीय नेपालीसंघ राष्ट्रिय समन्वय परीषद इजरायलकी प्रवक्ता मन्जु थपलियाको स्वागत मन्तव्यसहित आरम्भ भएको कार्यक्रम सोही संस्थाकी निर्मला बुढाथोकीले सञ्चालन गर्नु भएको थियो ।

संयुक्त राष्ट्रसंघको मूल नारा Invest in women, Accelerate progress” अर्थात महिलामा लगानी गरौं र प्रगतिलाई गति दिऔं भन्ने भावनासहित मनाइएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित इजरायलका लागि नेपाली राजदूत महामहिम कान्ता रिजालज्यूले लैंगिक समानताका क्षेत्रमा समाजमा उल्लेख्य परिवर्तन भएको भन्दै अबको आवश्यकता भनेको महिलाले आफ्नो भित्री सामर्थ्य पहिचान गरी सिप र दक्षताका साथै आत्मनिर्भर हुनुपर्ने विषयमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा सामाजिक अभियन्ता तथा SSDRC का सञ्चालिका सविता उप्रेती साथै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परीषदका सहकोषाध्यक्ष अमृता थापा कन्चन तथा पूर्व उपाध्यक्ष यस्मिन बेगम सैयद लगायतका वक्ताले सामाजिक विभेद, प्रवासी महिलालाई हेर्ने दृष्टिकोण परिवर्तनको खाचो औल्याउदै नारी जागरण र सशक्तिकरणका विषयमा आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

इजरायलका लागि नेपाली राजदूत महामहिम कान्ता रिजालज्यूले लैंगिक समानताका क्षेत्रमा समाजमा उल्लेख्य परिवर्तन भएको भन्दै अबको आवश्यकता भनेको महिलाले आफ्नो भित्री सामर्थ्य पहिचान गरी सिप र दक्षताका साथै आत्मनिर्भर हुनुपर्ने विषयमा प्रकाश पार्नुभयो ।
विशिष्ट अतिथिकै रुपमा आमन्त्रित लोकदोहोरी गायिका सुष्मा शाही ठकुरीले सांगितिक कोसेली पस्कनुभएको थियो भने अतिथिका रुपमा आयोजक संस्था तथा केन्द्रिय समितिका पदाधिकारीहरु रामशरण सिंखडा,दिपक ओली, विशाल ज्ञवाली, मोहम्मद अलि मिया लगायतले नारी दिवसको अवसरमा शुभकामना दिनुका साथै आआफ्नो विचार व्यक्त गर्नुभयो । बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सहभागीहरुको उपस्थिति रहेको कार्यक्रममा इन्दिरा केसी, राजकुमारी श्रेष्ठ , शिवराज खड्का, भेषराज पान्डे, नितु खतिवडा, एवराज कार्की, दिलिप सुन्दास लगायतले नारी सशक्तिकरणका विषयमा सिर्जनात्मक प्रस्तुति पस्कनुका साथै साहित्यिक रचना समेत वाचन गरेका थिए ।

कार्यक्रम गैर आवासीय नेपालीसंघ राष्ट्रिय समन्वय परीषद इजरायलकी उपाध्यक्ष रश्मी राई (गुराँस)को सभापतित्वमा सम्पन्न भएको थियो ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...