Slider

कायरो बैठकमा इजरायल सहभागी नहुने

कायरो- इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको छ ।

 


कायरो- इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको छ ।

बन्धकको सूची प्रदान गर्ने, जीवित तथा मृतक बन्धकको सङ्ख्याको जानकारी दिने र बन्धकको बदलामा इजरायली जेलबाट रिहा हुने प्यालेस्टिनी कैदीहरूको अनुपात निर्धारण गर्ने लगायतका मागहरू सम्बोधन गर्ने बिषयमा युद्धरत पक्षबीच समान धारणा बन्न नसकेपछि इजरायलको यो निर्णय आएको हो ।

कूटनीतिक वार्ताको संवेदनशीलताका कारण अज्ञात रहन रोज्ने इजरायली अधिकारीले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले मोसादका निर्देशक डेभिड बार्नियासँग समन्वय गरेर हमासले यी शर्तहरू सम्बोधन नगरेको जानकारी प्राप्त गरेपछि यो निर्णय आएको हो ।

यो कदमले गत बिहीबार नेतन्याहूको एक भाषणमा उल्लेखित सर्तहरू पछ्याउँछ । सम्बोधनमा उनले कुनै पनि सम्झौताको साथ अगाडि बढ्नुअघि बन्धकहरूको पहिचानको आवश्यकतामा जोड दिनुपर्ने बताएका थिए ।


बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले इजरायलले प्रस्तावित छ हप्ताको युद्धविरामलाई स्वीकार गरेको सङ्केत गरेपनि हमासको प्रतिक्रियाको अभावले कायरो वार्तामा इजरायलको सहभागिता रद्द भएको हो ।

वार्ताले शत्रुता अन्त्य गर्ने आशा व्यक्त गर्दै हमासको प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको थियो ।

हमास स्रोतका अनुसार वार्तामा बाँकी अड्किएका विषयमा स्थायी युद्धविराम स्थापना, गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता र दक्षिणबाट विस्थापित व्यक्तिहरूको फिर्तीलाई सहज बनाउनु समावेश छ ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...