Slider

इजरायल रोजगारीमा जाने प्रक्रिया छरितो बनाउने श्रममन्त्रीको प्रतिबद्धता


 नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउने प्रक्रिया छिटो–छरितो बनाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताएका छन् ।

शुक्रबार नेपालका लागि इजरायली राजदूत हनान गोडेरबीच भएको भेटमा मन्त्री अर्यालले यस्तो आश्वासन दिएका हुन् ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ । अहिले जीटुजी प्रक्रियाबाट केयर गिभरका रुपमा नेपाली श्रमिकहरु इजरायल गइरहेकोका छन् ।

भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरु पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने विषयमा समेत कुराकानी भएको मन्त्रालयले बताएको छ ।

छलफलमा इजरायलमा द्वन्द्वको क्रममा मृत्यु भएका नेपाली श्रमिकहरुको परिवारलाई क्षतिपूर्ति बापत मासिकरुपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारको निर्णयबारे राजदूतले जानकारी गराएका थिए ।



नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...