Slider

रवि लामिछाने फेरी गृहमन्त्री बन्ने सम्भावना कति ?

गृहमन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेले अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने जिम्मा ओलीलाई दिएका हुन्।

 काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन्।

गृहमन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेले अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने जिम्मा ओलीलाई दिएका हुन्। प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको छलफल उदृत गर्दै बालुवाटार स्रोतले भन्यो,'गृहमन्त्रालय तपाईंहरू (एमाले) को भागमा हो। तपाईं आफै राख्नु हु्न्छ अथवा रास्वपालाई दिनुहुन्छ । त्यसको निर्णय तपाईं आफै गर्नुहोस्।'

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीले अर्थमन्त्रालय लिने अध्यक्ष ओलीलाई भनेका थिए। कांग्रेससँगको गठबन्धन भत्किएसँगै नयाँ सत्ता समीकरण बनेको छ। नयाँ समीकरणमा एमाले,माओवादी,रास्वपा र जसपा सहभागी छन्।


नयाँ गठबन्धनमा चार उपप्रधानमन्त्री, अर्थको जिम्मा वर्षमानलाई


 नयाँ सत्ता गठबन्धनमा चारजना उपप्रधानमन्त्री हुने भएका छन्। सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएको हाे।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुने पक्का भएको छ। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। पुन यसअघि पनि अर्थमन्त्री भएका थिए।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्। उनी यसअघि दुईपटक परराष्ट्रमन्त्री भएका थिए।

रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ। उनले गृहमन्त्रालय मागेका छन्।

उता एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने बलियो सम्भावना छ। तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन। गत वर्ष पुस १० गते दाहालकै नेतृत्वमा सरकार बन्दा पौडेल अर्थ र लामिछाने गृहमन्त्री भएका थिए।

शक्ति बाँडफाडबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक बसिरहेको छ। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुने जानकारी दिएका छन्।

नयाँ गठबनधनमा प्रतिनिधिसभामा एमालेको ७८, माओवादी ३२, रास्वपा २१, जसपाका १२ जना सांसद छन्। जनमत पार्टीलाई पनि सरकारमा ल्याउने तयारी छ।

एमाले रास्वपा सरकारमा जाँदा कांग्रेस एकीकृत समाजवादी भने बाहिरिने भएका छन्।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...