Slider

एनआरएनए अध्यक्षमा रविना थापासहित चार जनाको उम्मेदवारी

एनआरएनए अध्यक्षमा चार जना रविना थापा, बद्री केसी, महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी दिएका छन्।

 एनआरएनएको विश्व सम्मेलन एवं ११औं अन्तर्राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा शुरु हुँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने सम्मेलन कात्तिक ३ गतेसम्म चल्नेछ।


अध्यक्षमा चार जनाले उम्मेदवारी दिएको एनआरएनए सचिवालयले जनाएको छ। अध्यक्षमा रविना थापा, बद्री केसी, महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी दिएका हुन्। यसअघि उम्मेदवारी घोषणा गरेका विनय अधिकारीले थापालाई समर्थन गरेका छन्।



उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निवर्तमान अध्यक्ष थापाले आफूले छोटो कार्यकालमा धेरै राम्रो काम शुरुआत गरेको बताइन्। एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाईं दिन फेरि उम्मेदवारी दिएको उनको भनाइ थियो।


महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ। कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए। उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार २२७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।


संस्थाले विश्वभरका करीब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। पछिल्लो दुई दशकको अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करीब एक खर्ब लगानी नेपाल भित्रिएको सङ्घको अनुमान छ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...