Slider

इजरायलमा ज्यान गुमाएका परिवारलाई प्रवासी नेपाली मञ्चको १५ लाख राहत केपी ओली मार्फत हस्तान्तरण

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्च इजरायल सहितको १५ लाख राहत, केपी ओलीमार्फत हस्तान्तरण गरिएको हो ।
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई प्रवासी नेपालीले १५ लाख रुपैयाँ संकलन गरी राहत प्रदान गरेका छन् ।



मृतक १० जनाका परिवारलाई जनही एक लाख ४० हजार रुपैयाँ र घाइते ४ जना विद्यार्थीलाई जनही ३० हजार हुनेगरी सो रकम एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत हस्तान्तरण गरिएको हो ।

एमालेनिकट प्रवासी नेपाली मञ्च इजरायलमा आबद्ध सदस्य र शुभेच्छुकहरुबाट संकलन गरिएको ५ लाख २० हजार रुपैयाँमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले घोषणा गरेको १० लाख रुपैयासमेत थपेर पीडित परिवारलाई राहत प्रदान गरिएको हो ।

मन्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले मंगलवार एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा एनआरएन अध्यक्ष बद्री केसी,एमाले विदेश विभाग प्रमुख डा।राजन भट्टराईलगायत उपस्थित थिए ।

राहत रकम यथाशीघ्र सम्बन्धित परिवार र घाइतेहरुलाई एमालेको च्यानलबाट पठाइने आयोजकले जनाएको छ ।

नेपाल इजरायल

.
both, mystorymag

र यो पनि ..

Health, Sports, Lifestyle
के तपाईंसंग कुनै खबर छ? इजरायलका नेपालीका बारेमा कुनै खबर छन भने whatsapp गर्न सक्नु हुन्छ
नेपालइजरायल.com का लागि सन्देश ...
संदेश पठाउन क्लिक गर्नुहोस ...